काठमाण्डौ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोंगबु बस्दै आएका ४२ वर्षीय चिरायु खालिङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उनलाई फैसला कार्यान्यवनका लागि अदालतमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
प्रतिक्रिया