ताजा समाचार


आधुनिक कृषिमा जोड दिने गरी निति बनाउन पहल गर्नेछु : कमल

द रियल समाचार     २०७९ कार्तिक २९, मंगलवार, २२: ०० मा प्रकाशित




धनुषा निर्वाचन क्षेत्र नम्बर १मा जनमत पार्टीबाट उम्मेदवार बनेका किशोरी साह कमल मत माग्न मतदाताको घर घर पुगि रहेका छन् । उनले प्रतिनिधिसभामा उम्मेदवारी दिनुको कारणका साथै आफ्नो एजेण्डा समेत जनतालाई बुझाई रहेका छन् ।
उनी मतदाताहरुलाई शिक्षामा सुदृढीकरण र कृषिलाई प्रविधिकरणमा जोड नदिएसम्म देशको विकास हुन नसक्ने बताए । कमलले शिक्षामा सुधार नहुँदासम्म अरु क्षेत्रको विकास अकल्पनीय रहेको बताए । मतदातासँग भेटघाट गर्दै उनले आफुलाई जिताएमा कृषिलाई प्राथमिकताका साथ उठाउने र कृषिलाई प्रविधिकरण बनाएर उत्पादनमा बृद्धि गर्ने किसिमका नीति एवम् योजना ल्याउनमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।
मंसिर ४ गते हुने निर्वाचनमा आफुलाई मतदान गरेर जिताउन उनले आग्रह गरेका छन् । घरदैलोका क्रममा त्याहाँका मतदाताले पनि कमललाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचित भएपछि यहाँका आम नागरिकको दैनिकीमा परिवर्तन गर्ने किसिमका योजनामा काम गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top