ताजा समाचार


मेरो जीतपछि धनुषा १मा परिवारवादको अन्त्य गर्छु : कमल

द रियल समाचार     २०७९ कार्तिक २८, सोमबार, १८: १६ मा प्रकाशित




जनमत पार्टीबाट धनुषा क्षेत्र नम्बर १मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कलमले निर्वाचन प्रचार प्रसारको केही दिन मात्रै बाँकी रहेको समयमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।  चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तर्गत कमलले घर घर पुगेर मतदाताहरुसँग भेटघाट गरेका हुन् ।
कमलले सम्मुनत समाज निर्माणका लागि जनमत पार्टीको पक्षमा मतदान गर्नका लागि अपिल गरेका हुन् । पाँच वर्षसम्म यसै क्षेत्रबाट प्रतिनिधिसभामा बसेका व्यक्तिले विकासको काममा अग्रसरता नदेखाएको र आफ्नो आसेपासेलाई देख्नुका साथै परिवारवादमा मात्रै लागेको आरोप लगाउँदै यस प्रवृतिको अन्त्यका लागि मलाई मत दिनुस भन्दै मतदाताहरुलाई आग्रह गरे । यो क्षेत्रको विकासका लागि जनमत पार्टीको हातमा नेतृत्व आउनु अति आवश्यक रहेको उनको भनाई थियो । उनले मतदाताहरुलाई यस पटक  विवेक प्रयोग गरेर मतदान गर्नुपर्नेमा जोड दिए ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माणदेखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरुलाई निर्वाचित भएपछि आफूले प्राथमिकता दिने कमलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top