ताजा समाचार


लक्ष्मीनियाँमा महिलालाई वित्तिय साक्षरता तालिम दिइदै

द रियल समाचार     २०८० जेष्ठ २९, सोमबार, १९: ०० मा प्रकाशित




धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा महिलाहरुलाई वित्तिय साक्षरता तालिम दिन सुरु भएको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाको आर्थिक सहयोगमा प्रगतिशिल बहुउद्देश्य कृषि सहकारी संस्था लिमिटेडले सात दिवसीय तालिम आइतबारदेखि दिइरहेका छन् ।

तालिममा विपन्न, गरिव र कृषक गरी ५५ महिला सहभागि छन् । पालिकाको तर्फबाट दुई र आयोजकको तर्फबाट दुई गरी चार प्रशिक्षकले एक साता सम्म महिलाहरुलाई वित्तिय साक्षरता सम्बन्धि तालिम दिने छन् ।

तालिममा महिलालाई आफ्ना वित्तीय स्रोतको पहिचान, बचत, लगानी र सुरक्षित गर्ने विधिहर सिकाइने छन् । तालिमको मुख्य उद्देश्यक पालिकामा रहेको महिलाहरुले वित्तिय विषयमा जानकारी दिनु रहेको प्रशिक्षक सरोज कुमार यादवले जानकारी दिए ।

उनका अनुसार बैंक खाता खोल्न विधि, खर्च गर्ने बानी, लगानी, आवश्यकता र पैसाको महत्तव बारे महिलाहरुलाई सिकाइने छन् । जसले अनुत्पादक खर्च घटेर उत्पादनमुलकमा क्षेत्रमा महिलाको लगानी हुनेछन् । र, घर परिवार आर्थिक रुपमा सबल हुने आयोजक संस्थाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top