ताजा समाचार


जानकी मेडिकलद्वारा न्यून शुल्कमा उपचार सेवा सुरु

द रियल समाचार     २०७८ श्रावण ८, शुक्रबार, १७: ५९ मा प्रकाशित




जनकपुरधाम । जानकी मेडिकल टिचिङ्ग हस्पिटलले न्यून शुल्कमा उपचार सेवाहरु दिन थालेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहज ढंगले आम मानिसहरुलाई उपलव्ध गराउने उद्देश्यका साथ सो अस्पतालले ५० रुपैयाँमा विशेषज्ञ चिकित्सकहरुद्वारा ओपिडी सेवा तथा अन्य सेवाहरु उपलब्ध गराउन थालेको अस्पतालका प्रबन्ध निर्देशक श्रीपसर्ट पाण्डेले जानकारी दिए ।

उनले भने,‘गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहज ढंगले सर्वसाधारण मानिसलाई उपलव्ध गराउने उद्देश्यले विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरुद्वारा ५० रुपैयाँमा विशेषज्ञ ओपिडि लगायतका सेवाहरु हामीले सुचारु गरेका छौं ।’

२४ औँ घण्टा आकस्मिक सेवा, बहिरङ्ग सेवामा सबै किसमका रोगको जाँच र उपचार, विशेषज्ञ सेवाहरुमा निदानात्मक सेवाहरु, डिजिटल रेडियोलोजी, अल्ट्रासाउण्ड÷कलरडप्लर, ईन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, अडियोमेट्री, ईएनटि, इसिजी, ईको कार्डियो ग्राफी समेतको विधिबाट विभिन्न उपचारको व्यवस्था गरिएको उनले बताए ।

नेपाल सरकारको स्वास्थ्य नितिको अधिनमा रहेर विपन्न तथा असहायहरुका लागि निशुल्क स्वास्थ्य उपचार गराउनुका साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई न्यून शुल्कमा स्वास्थ्य सेवा उपलव्ध गराइने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top