ताजा समाचार


धनुषा ३(क)लाई शिक्षा र स्वास्थ्यको हव बनाउँछु : डा. प्रसन्न

द रियल समाचार     २०७९ कार्तिक २८, सोमबार, २१: ०५ मा प्रकाशित




धनुषा ३(क)को प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा। प्रसन्न कुमार झाले यस क्षेत्रलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगराइन नगरपालिकामा जनमत पार्टीले निकालेको युथ मार्चपछि भएको सभालाई सम्बोधन गर्दै डा. झाले आफू निर्वाचित भए यस क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा नमूना क्षेत्रको रुपमा विकास गर्ने वचनवद्धता व्यक्त गरे ।

हरेक आधारभूत आवश्यक्ताको सवालमा देशमै सबैभन्दा पिछडिएको प्रदेश मधेश नै रहेकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहिले विकास गर्नु आवश्यक रहेको उनको भनाई थियो । आफू चिकित्सक पेशामा आवद्ध रहेको व्यक्ति भएकाले स्वास्थ्यको विकासमा योजनावद्ध ढंगले काम गर्ने बताए । यसका साथै शिक्षा बिना कुनै क्षेत्रको विकास सम्भव रहेकाले शिक्षित क्षेत्रको रुपमा समेत विकास गर्नका लागि काम गर्नु आवश्यक रहेको डा। झाले बताए ।

सभालाई सम्बोधन गर्दै उनले सही नेतृत्व चुन्ने जिम्मा अब यहाँका मतदाताहरुको हातमा रहेको बताए । उनले सुझबुझ देखाएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top