ताजा समाचार


राजनीतिमा पसेका प्रसन्नको चर्चा बढ्दै

द रियल समाचार     २०७९ कार्तिक २७, आईतवार, २०: ५२ मा प्रकाशित




मधेस प्रदेशको धनुषा ३(क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झा निर्वाचनको मिति नजिकिएपछि मतदातहरु बिच उनको चर्चा बढ्दै गईरहेको छ । धनुषा ३(क) प्रदेशसभा सदस्यका उम्मेदवार झाको उम्मेदवारीलाई लिएर युवाहरुमा मात्र नभई पाकाहरुको समूहमा समेत उनको चर्चा बढिरहेको छ । चिकित्सकिय पेशा छोडेर चुनावी मैदानमा उतरिएकाले पनि उनको चर्चा चुलिएको हो ।

आफ्नो पक्षमा मत माग्दै उम्मेदवार झाले आफ्नो मनमा चिकित्सक पेशाबाटै सेवा भाव जागृत भएकाले राजनीतिमा लाग्न प्रेरित भएको बताए । उनले भने ‘चिकित्सकिय पेशमा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’
जनता माझ समेत चिकित्सकिय पेशाबाट राजनीतिमा लागेका जनमतका उम्मेदवार झा युवा भएकाले पनि लोप्रियता बढ्दै गईरहेको छ । आफू राजनीतिलाई मेवा होइन सेवा भावकै कारण आएकाले जनताले ममाथी विश्वास गर्ने दावी गरे । उनले भने ‘यस अघिका जनप्रतिनिधिहरु राजनीतिलाई मेवा पाउने माध्यम बनाएकाले विकास हुन सकेन तर म राजनीतिलाई सेवाको रुपमा लिएर काम गर्नेछु ।’

उनले आफू निर्वाचित भए मधेश प्रदेशको शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारको क्षेत्रमा विकासका लागि निति निर्माण गर्न भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top