जनता समाजवादी पार्टीबाट धनुषा ४(क) प्रदेशसभा सदस्यका उम्मेदवार ज्ञोन्द्र यादबले जनताको चाहना अनुसारको बिकास गर्ने मेरो लक्ष्य रहेको बताएका छन । लक्ष्मीनिया गाउपालिकाको कुमरौरामा घरदैलोको लागि पुगेका यादबले यो क्षेत्रको बिकासका लागि जसपाका उम्मेदवार नै उत्तम रहेको र यस क्षेत्रबाट म पुःन बिजय भयो भने म संग छुटेका कामकाज पुरा गर्ने र थपका बिकासका योजनाहरु ल्याउने बताएका छन ।
जसपाका नेतृत्वमा प्रदेश र संघ सरकार बन्यो भने जनतालाई अधिकार सम्पन्न बनाउने दिशा तर्फ काम हुने यादबले दावी गरे । त्यस्तै धनुषा क्षेत्र नं४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महाजन यादबले प्रदेश का सम्पूर्ण पीडित जनताहरुको हक अधिकारको रक्षा का लागि जसपाका पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे ।
प्रतिक्रिया