ताजा समाचार


धनुषा : मतदाताको सहानुभूति गंगारामको पक्षमा

द रियल समाचार     २०७९ मंसिर १, बिहीबार, २३: १३ मा प्रकाशित




धनुषा २मा निवर्तमान सांसद उमाशंकर अरगरियालाई पछाडी पार्दै नेपाली कांग्रेसका उम्मेदवार पुर्वमन्त्री रामकृष्ण यादव र जसपा नेपालका उम्मेदवार गंगाराम यादव बिच निर्णायक प्रतिस्पर्धा हुने देखिएको छ ।

वर्तमानमा जसपाले जितेको सो क्षेत्रमा जसपा नेपालका उम्मेदवार गंगारामलाई यहाँका मतदाताले अहिलेसम्म जनप्रतिनिधिको रुपमा नदेखेकाले पनि मजबुत उम्मेदवारको रुपमा देखिएका हुन् । निवर्तमान सांसद अरगरिया लोसपा छोडेर एमालेबाट उम्मेदवार बनेकाले समेत कमजोर देखिएको त्यहाँका मतदाताहरुको भनाई छ ।

सत्ता गठबन्धनका उम्मेदवार रामकृष्णलाई गठबन्धनकारी दलहरुले पत्याउन नसकिरहेको अवस्थामा एमाले भित्र रहेर दशर्कौं देखि सक्रिय रुपमा समाजसेवाको काम गरेका र हाल जसपाका उम्मेदवार गंगाराम तर्फ सर्वसाधारणहरुको झुकाव रहेको बताइन्छ । यसका साथै कांग्रेसका उम्मेदवार जनप्रतिनिधि भएर समेत खासै कुनै काम नगरेको मतदाताहरुको गुनासो छ ।

यता सो क्षेत्रमा नेकपा एकिकृत समाजवादी पार्टी रामचन्द्र झा समेत उम्मेदवार बनेका छन् । तर विगत केही वर्ष यता एउटै पार्टीका स्थीर भएर बस्न नसकेकाले उनलाई जनताले विश्वास गर्ने सम्भावना कम रहेको त्यहाँका मतदाताहरु बताउँछन् ।

लामो समय एमालेमा रहेर काम गरेपनि पार्टीले अवसर नदिएकाले गंगाराम त्यहाँका जनताको सहानुभूीत समेत पाईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top