ताजा समाचार


सुशासन र समृद्धिका लागि मलाई मत दिनुस : कमल

द रियल समाचार     २०७९ कार्तिक ३०, बुधबार, २०: २० मा प्रकाशित




धनुषा १को प्रतिनिधिसभाका उम्मेदवार किशोरी साह कमलले सुशासन र समृद्धिका लागि आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
उनले आफू जिते धनुषा १मा सुशासन र समृद्धि ल्याउने दावी गरे । आफू यस क्षेत्रको योग्य उम्मेदवार रहेको दावी गर्दै कमलले यस क्षेत्रको विकासका लागि आफूसंग खाका रहेको जानकारी दिए । यस अघि प्रतिनिधिसभामा जितेका जनप्रतिनिधि नातावाद कृपावादमा तल्लिन भएकाले विकास हुन नसकेको कमलको आरोप थियो । त्यसैले यस क्षेत्रको परिवर्तनको संवाहक बन्न चाहनु हुन्छ भने जनमतलाई मतदान गर्नुस, कमलले भने ‘आफू प्रदेशसभामा रहँदा समेत यस क्षेत्रको विकासका लागि आवाज उठाएको र प्रतिनिधिसभामा समेत उठाउने छु ।’
स्थानीयको गुनासो तथा समस्याहरु सुन्दै कमलले आफुलाई यहाँका समस्याहरुको विषयमा जानकारी रहेको र ती समस्याहरु समाधान गर्नका लागि आफू हरसम्भव प्रयास गर्ने प्रतिवद्धता मतदाताहरुसंग गरे । भ्रष्टाचारी सरकार र यो गठबन्धनको ठगबन्धनबाट मुक्तिका लागि आफू उत्तम विकल्प रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top