ताजा समाचार


प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध भोलीदेखि आन्दोलन

द रियल समाचार     २०७९ श्रावण २८, शनिबार, १३: २४ मा प्रकाशित




संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकारले भोलीदेखि पहिलो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि संघीय सरकारले कुनै वास्ता नगरेको भन्दै मधेस सरकारले पाहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।

शनिवार मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलनमार्फत भोली देखि पहिलो चरणको आन्दोल गर्ने जानकारी दिए । पहिलो चरणको आन्दोलन अन्तर्गत प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मन्त्री साहले जानकारी दिए । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश सरकारका म्रन्त्री, सांसदह, नागरिकसमाजका अगुवाहरुले पालै पालो धर्ना दिने उनले बताए ।

एक हप्तामा पनि संघीय सरकारले प्रहरी समायोजन नगरे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top