ताजा समाचार


भारतमा एकैदिन ३५ हजारभन्दा बढी संक्रमित थपिए

द रियल समाचार     २०७८ श्रावण २५, सोमबार, १५: ४१ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोना संक्रमणबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हुँदै आएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या ३ करोड १९ लाख ६९ हजार ९५४ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ४ लाख र्२ हजार १८८ रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ ।

थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३९ लाख ६८६ रहेको छ ।

योसँगै भारतमा अहिलेसम्म ३ करोड ११ लाख ३९ हजार ४५७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.४० प्रतिशत हो ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४४७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकहरुको सङ्ख्या ४ लाख २ हजार १८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top