ताजा समाचार


बुधबार ४१०७ नयाँ संक्रमित थपिँदा १५३५ संक्रमणमुक्त, ३५ जनाको मृत्यु

द रियल समाचार     २०७८ श्रावण २०, बुधबार, १८: ३९ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ रहेको छ । जसमध्ये ३० हजार २ सय ७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोनामुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ भने ६ लाख ६१ हजार ६ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top