ताजा समाचार


मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ : प्रम ओली

द रियल समाचार     २०७८ असार २६, शनिबार, १९: ४८ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीप्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् ।

शनिबार बाढीप्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री ओलीले बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने बताए ।

मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधानका लागि सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘विपतका समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।’

उनले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top