ताजा समाचार


बारामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

द रियल समाचार     २०७८ असार १०, बिहीबार, १४: २४ मा प्रकाशित




बारा । बारामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय विजय प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बुधबार साँझ चट्याङ् लागेर गम्भिर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ । त्यस्तै चट्याङ लागेर ६० वर्षीया शान्ति देवी र २४ वर्षीय सहमुदीन अन्सारी सामान्य घाइते भएका थिए ।

उनीहरु जिल्ला अस्पताल कलैयामा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top