ताजा समाचार


प्रहरी चौकीमा आक्रमण गर्ने ५ जना पक्राउ

द रियल समाचार     २०७८ जेष्ठ २५, मंगलवार, १६: ०९ मा प्रकाशित




विराटनगर । धरान–१५ मा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य आरोपी ३० वर्षीय वसन्त राई र ३२ वर्षीय रेगन लिम्बुले आत्मसमर्पण गरेका थिए ।

दुई बाहेक २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बु जेठ १८ गते नै पक्राउ परेका थिए । तीन जनालाई धरान–५ देउरालीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य आरोपी रेगन र वसन्तलाई पक्राउ गर्न १ नम्बर प्रदेश प्रहरी ब्युरोसँगै मोरङ, तेह्रथुम र धनकुटाको प्रहरीको मद्दत लिइएको थियो ।

दुवै जना धनकुटाको छथर पोखरी ४ बञ्चरे एरियामा लुकेर बसेको सुचना पाएपछि धरानबाट प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा प्रहरी टोली खोज्न पुगेको थियो ।उनीहरू लुकेकै स्थानमा प्रहरीले घेरा हालेर खोजी गरेपछि आत्मसर्मपण गरेका हुन् ।

उनीहरू विरुद्ध जिल्ला अदालत सुनसरीमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

जेठ १३ गते साँझ प्रहरी चौकीमा १० जना युवाहरूको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी सोही चौकीका इञ्चार्ज घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top