ताजा समाचार


राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित

द रियल समाचार     २०७८ जेष्ठ १, शनिबार, १८: ४३ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो ।

कोरोना महामारी बढ्दै गएकाले महाधिवेशन स्थगित गर्नुपरेको नेता मोहन श्रेष्ठले बताए । राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ ।

आफू सुरक्षित रहँदै कोरोना रोकथाममा परिचालित हुन राप्रपाले पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ । यसका साथै महामारी नियन्त्रण एवम् रोकथाममा सरकारको व्यवस्थापन कमजोर बनेकोमा चिन्ता व्यक्त गरेको छ ।

संक्रमितका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढेको भन्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top