ताजा समाचार


चीनले अन्तरिक्षमा पठाएको लङ मार्च–५ बी रकेट फिर्ता आएर हिन्द महासागरमा खस्यो

द रियल समाचार     २०७८ बैशाख २६, आईतवार, १४: २७ मा प्रकाशित




एजेन्सी । चीनले अन्तरिक्षमा पठाएको लङ मार्च–५ बी रकेट फिर्ता आएर पृथ्वीमा खसेको छ ।

चिनियाँ टेलिभिजन सिजिटिएनले दिएको खबर अनुसार अधिकांश भाग जलेको अवस्थामा उक्त रकेट अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलमा आइपुगेको थियो ।

वायुमण्डलमा आएको रकेटको जलेर बाँकी भएको भाग हिन्द महासागरमा खसेको हो । चिनियाँ समय अनुसार आइतबार बिहान १०ः२४ बजे उक्त रकेट वायुमण्डलमा आएको चीनको मानवयुक्त अन्तरिक्षयान कार्यालयलाई उद्धृत सिजिटिएनले जनाएको छ ।

७२.२७ डिग्री पूर्वी देशान्तर र २.६५ डिग्री उत्तरी अक्षांशमा हिन्द महासागरको भागमा खसेको चिनियाँ अन्तरिक्षयान कार्यालयले जनकारी दिएको छ ।

२१ टन वजन र १०० फिट लम्बाइ भएको लङ मार्च–५बी रकेट चीनले २९ अप्रिलमा हाइनान प्रान्तस्थित अन्तरिक्षयान स्टेसनबाट प्रक्षेपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top