ताजा समाचार


धनुषाको मालपोत र नापी कार्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द हुँदै

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, १८: ४९ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिन थालेपछि जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय आइतबारदेखि अनिश्चितकालका लागि बन्द हुन लागेको छ ।

आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि मालपोतमा मुद्दाबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत बासु प्रसाद कोइरालाले जानकारी दिए ।

कारोना भाइरसको दोस्रो चरणमा धेरै मानिसहरु प्रभावित भईरहेको र यस जिल्लामा पनि प्रभावितहरुको संख्या बढेदै गईरहेकोले जोखिम नियन्त्रण गर्न, भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा समेत झन् भीड बढ्न गएकोले महामारीको प्रकोपबाट बच्न यस कार्यालयबाट प्रवाह गरिंदै आएका मुद्दा बाहेकका सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको मालपोत कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी आइतबारदेखि नापी कार्यालय धनुषाले समेत आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि आइतबारदेखि सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरिएको नापी अधिकृत विन्देश्वर यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top