ताजा समाचार


अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: ३४ मा प्रकाशित




काठमाण्डौ । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केकीलाई कोरोना भएपछि छायाङ्कनमा निस्कने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्युल प्रभावित भएको छ ।

सोमबारबाट छायाङ्कनमा जाने भनेको चलचित्रको सुटिङ अभिनेत्री अधिकारीलाई कोरोना भएसँगै रोकिएको निर्देशक दीपक श्रेष्ठले जानकारी दिए । यो चलचित्र श्रेष्ठले नै निर्देशन गर्न लागेका हुन् ।

केकीले पहिलो पटकको रिपोर्ट पोजेटिभ आउँदा विश्वास नलागेको बताइन् । उनले दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिइन् । दोस्रो पटक पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।

कोरोनाको पहिलो लहरमा यही चलचित्रको छायाङ्कनमा निस्कनै लाग्दा निर्देशक श्रेष्ठलाई कोरोना भएको थियो । यस पटक चलचित्रको छायाङ्कनका लागि चलचित्रमा सामेल केही मानिस पनौती पुगिसकेका थिए ।

अब यो चलचित्रको छायाङ्कन केकीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top