ताजा समाचार


राष्ट्रपति रनिङ्ग शिल्ड जितेको निहुमा बिद्यार्थीमाथि आक्रमण

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, २१: ३४ मा प्रकाशित




–विनोद कुमार महतो, महेन्द्रनगर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा जारी तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मंगलबार सहभागि विद्यार्थीहरुको खेल समापन भएपछि बाहिर निस्कने क्रममा गेटमा एकजना विद्यार्थीमाथि आक्रमण गरिएको छ ।

आक्रमणमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–९ ईच्छापुरका १६ वर्षीय विद्यार्थी उमेश दास घाइते भएका छन् । घाईते विद्यार्थी दासको महेन्द्रंनगरस्थित हेल्थ केयरमा उपचार भईरहेको सो विद्यालयका एकजना शिक्षकले बताए । विद्यार्थी दासको टाउको फुटेको र ४ वटा टाँका लगाइएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर उच्च माध्यमिक विद्यालयको खेल मैदानमा भईरहेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ईच्छापुर माविका विद्यार्थीहरु राम्रो खेल प्रर्दशन गरेर प्रथम स्थान ल्याउँदै उपाधि जितेको छ । उपाधि जितेर मैदान बाहिर निस्कने क्रममा गेटमा आफुमाथि त्यतिबेला ५/६ जनाको समूहमा रहेको विद्यार्थीहरुले आक्रमण गरेको घाइते विद्यार्थी दासले बताए ।

स्थानीय क्षीरेश्वर उच्च मावि र शारदा बोर्डिङ्ग स्कुलको समूहमा रहेका विद्यार्थीहरुले आफ्नो स्कुलका विद्यार्थी खेलमा जितेको हेर्न नसकेर आफुमाथि एक्लै गेटमा बाहिर निस्किरहेको बेला आक्रमण गरेको घाईते विद्यार्थीले बताए ।

दास आफ्नो विद्यालयको तर्फबाट टिम क्याप्टेन बनेर खेलमा सहभागी भएका थिए र खेलमा प्रथम स्थान ल्याउँदै जित हासिल गरेको कारण हार व्यहोरेका स्कुलका विद्यार्थीहरु मिलेर आफ्नो विद्यालयको विद्यार्थीमाथि आक्रमण गरेको ईच्छापुर माविका एकजना शिक्षकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top