ताजा समाचार


आइपिएलको १४ औँ संस्करण आजबाट सुरु, उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्सबिच प्रतिस्पर्धा

द रियल समाचार     २०७७ चैत्र २७, शुक्रबार, १९: २९ मा प्रकाशित




एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करण शुक्रबारबाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्नेछन् । चेन्नईस्थित चिदम्बरम क्रिकेट रंगशाला हुने खेल नेपाली समय अनुसार राति पौने आठबजेबाट सुरु हुनेछ ।

मुम्बई रोहित शर्मा र बैंग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिँदै छ । मुम्बई आइपिएलको सर्वाधिक सफल टिम हो । उसले ५ पटक उपाधि उचाल्दा बैंग्लोर भने उपाधि विहीन छ ।

मुम्बईलाई रोहित सहित क्विनटन डि कक, किरोन पोलार्ड, हार्दिक पाण्डेय, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट जस्ता खेलाडीको साथ हुनेछ । बैंग्लोर विराटसहित एबि डिभिलियर्स, ग्लेन म्याक्सवेल, युजवेन्द्र चहल, काइल जिमिसन जस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ ।

हालसम्म यी दुई टोली २७ खेलमा आमनेसामने हुँदा मुम्बईले १७ र बैंग्लोरले १० खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला ५ खेलमा मुम्बईले ३ खेल र बैंग्लोरले २ खेल आफ्नो पक्षमा पारेका छन् । गत सिजनका दुई भेटमा दुवै टोलीले १–१ खेल जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top