ताजा समाचार


नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

द रियल समाचार     २०७७ चैत्र २७, शुक्रबार, १९: ०८ मा प्रकाशित




काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएको चेम्बरले जनाएको छ ।

कार्यसमितिका निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको सपथ ग्रहण पनि सम्पन्न भएको चेम्बरका निर्देशक रविराज बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top