ताजा समाचार


सप्तरीमा अपहरण मुद्दाका फरार व्यक्ति १० वर्षपछि पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १४: २० मा प्रकाशित




सप्तरी । अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका एक व्यक्ति १० वर्षपछि पक्राउ परेका छन् ।

आफ्नै छिमेकमा बस्ने एक १७ वर्षीय युवकको अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का ४५ वर्षीय भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई आज उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

यादवसहितका समूहले साविकको बरही वीरपुर गाविस–५ का १७ बर्षीय सञ्जीवकुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो । अपहरणसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

अपहरण पश्चात उनीहरुले युवकको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाए पनि युवक हालसम्म पनि बेपत्ता नै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top