ताजा समाचार


नेकपा (एमाले) द्वारा पहिलो पटक आधिकारिक बैठक डाकियो

द रियल समाचार     २०७७ फाल्गुन २८, शुक्रबार, १२: ४९ मा प्रकाशित




काठमाण्डौ । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्यूँताएपछि माओवादी केन्द्र र नेकपा एमाले अलग अलग भएपश्चात नेकपा (एमाले) ले पहिलो पटक पार्टीको आधिकारिक बैठक बोलाएको छ ।

एमालेले आइतबारका लागि केन्द्रीय समितिको बैठका बोलाएको हो । बैठकबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराइएको छ । बैठकको स्थान र समयबारे भने अहिलेसम्म जानकारी दिइएको छैन । एमालेको माधव, झलनाथ पक्षले पार्टीको आधिकारिक बैठक बोलाउन माग गरेको थियो ।

बिहीबार नेपाल निवास कोटेश्वरमा बसेको नेपाल पक्षका स्थायी समितिको बैठकले ओलीले पार्टीको बैठक नडाकेमा भन्दै असन्तुष्टि पोखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top