ताजा समाचार


प्रदेश प्रमुख अहिराजलाई समर्थकद्वारा विमानस्थलमा भव्य स्वागत

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, १७: २६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का प्रमुख राजेह झा (अहिराज) आईतबार जनकपुर आईपुगेका छन् ।

आइतबार ४ बजेर ४५ मिनेटमा जनकपुरधाम पुगेका प्रदेश प्रमुख अहिराजलाई प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहले विमानस्थलमा स्वागत गरेका थिए ।

उनलाई स्वागत गर्नका लागि नेकपा ओली समूहका युवाहरू मोटरसाइकल ¥याली सहित विमानस्थल पुगेका थिए । विमानस्थलमा समर्थकहरूले उनलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन् । प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरु प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तीप्रति असन्तुष्टि जनाउँदै आएकोले प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न कोही पनि विमानस्थल पुगेका थिएनन् । कार्यालय पुगेपछि प्रदेश प्रमुख राजेश झा (अहिराज) ले अहिले केहिबेरमा परभार ग्रहण गर्ने छन् ।

मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top