ताजा समाचार


भारतको बिहारमा भूकम्प

द रियल समाचार     २०७७ फाल्गुन ४, मंगलवार, १०: ११ मा प्रकाशित




जनकपुरधाम । भारतको बिहारमा सोमबार राति भूकम्प गएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा बिहारमा ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु भने बिहारको नालन्दाबाट २० किलोमिटर टाढा उत्तर पश्चिममा रहेको भारतीय मौसम विभागले जनाएको छ ।

भूकम्पको झट्का लगत्तै बिहारका पटनालगायत सहरका वासिन्दा घरबाहिर निस्किएका थिए ।

पटना लगायत भागलपुर, गया, औरंगाबाद, नालन्दा, नवादा, बक्सरमा भूकम्पको झट्का महसुस गरिएको थियो ।

केही दिनअघि मात्र भारतको राजधानी नयाँ दिल्लीलगायत आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top