ताजा समाचार


साहूसँग पीडित ऋणि महिलाहरुको हरिविजोग !

द रियल समाचार     २०७७ माघ १२, सोमबार, १९: १८ मा प्रकाशित





जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–५ नउसय विघाकी जागोदेवी दासको परिवारको आर्थिक स्थिति एकदमै कमजोर थियो । परिवारको आर्थिक स्थिति कमजोर रहेका कारण श्रीमान् कमलेश दासलाई वैदेशिक रोजगारमा पठाउने योजना बनाइन् । तर त्यसका लागि समेत पैसा नभएकाले गाउँकै सुरेश कुमार यादवसँग ऋण लिइन् ।

उनको श्रीमान कमलेश दासकै नाउँमा रहेको १ कठ्ठा १० धुर जग्गा राखेर २ लाख रुपैयाँ ऋण लिइन् । श्रीमान् रोजगारीका लागि कतार गएको ४ वर्ष बितिसकेको छ । यता पैसा दिनका लागि पुग्दा महाजन यादवले ६ लाख रुपैयाँको तमसुक बनाउनुका साथै जग्गा समेत पास गराइसकेको जागोदेवीले बताइन् ।

जागोदेवी सोही जग्गामा घर बनाएर रहँदै आएकी छन् । सो जग्गाको बजार मूल्य अहिले २० लाख रहेको उनले बताइन् ।
सुरेशसँग पीडित अर्की एक जना सोही गाउँकी सुरेखिया देवी समेत हुन् । उनले समेत कोरोना संक्रमणको त्रास रहेको बेला आफ्नो ७ कठ्ठा ११ धूर जग्गा बिक्री गर्ने योजना बनाइन् । उनको त्यो जग्गा लिनका लागि सुरेश तयार भए । तर कोरोना संक्रमणको त्रासका कारण कार्यालयहरु बन्द रहेकोले रजिष्ट्रेशन हुन सकेको थिएन ।

त्यसैबिच पैसाको खाँचो रहेकाले उनी सुरेशसँग ३ लाख रुपैयाँ लिइन् । जसका लागि सुरेशले ९ लाख रुपैयाँको तमसुक पनि बनाए । अब कार्यालयहरु खुलि सकेपछि पैसा दिन र जग्गाको रजिष्ट्रेशन गर्न भनेपछि सुरेशले कुन पैसा ? के को पैसा ? भनी आफूलाई जवाफ फर्काएको सुरेखियाले पीडा पोखिन् । उनले लकडाउनको बेलामै आफुले पैसा लिएपनि सुरेशले २ वर्ष अगाडीको कागज बनाएको बताइन् ।

यता सुरेशले यसरी पैसा ऋणमा लगाएर पीडा दिन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरुले उजुरी दिइन् । प्रहरी सुरेशलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top