ताजा समाचार


महाराष्ट्रस्थित सीरम इन्स्टिच्यूट अफ इण्डियाको नयाँ प्लान्टमा भीषण आगलागी

द रियल समाचार     २०७७ माघ ८, बिहीबार, १७: ०४ मा प्रकाशित




जनकपुरधाम । भारतको महाराष्ट्रस्थित पुणेमा रहेको सीरम इन्स्टिच्यूट अफ इण्डियाको नयाँ प्लान्टमा भीषण आगलागी भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्यूट अफ इन्डियामा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भवनबाट कर्मचारीलाई भने सुरक्षितरुपमा निकालिएको सीरम इन्स्टिच्यूट अफ इण्डियाका सिइओ अदार पूनावालाले बताए । सेरमले कोरोनाविरुद्धको भ्याक्सिन कोभिसिल्ड विकास गरेको छ । आगलागी भएको सेरमको प्लान्ट कोभिसिल्ड भ्याक्सिन उत्पादन प्लान्ट नजिकै रहेको छ ।


आगो निभाउनका लागि दमकल विभागका १५ वटा गाडी घटनास्थल पुगेको र आगो निभाउने काम जारी रहेको बताइएको छ ।

तस्बिर : आजतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top