ताजा समाचार


आफ्नो गाडीले कसैलाई ठक्कर दिएको छैन् : मन्त्री साह

द रियल समाचार     २०७७ पुष १८, शनिबार, १६: ५३ मा प्रकाशित




जनकपुरधाम ।

शहरी विकासमन्त्री प्रभु साहको गाडीले एकजना पैदल यात्रुलाई ठक्कर दिएर भागेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन/प्रसारण भएपछि मन्त्री साहले त्यसप्रति आपत्ति जनाएका छन् ।

मन्त्री साह सवार गाडीले पैदय यात्रुलाई ठक्कर दिएर फरार भएको समाचार आएपछि उनले त्यसको खण्डन गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुक्किएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर मेरो नाम बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको“ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’

प्रहरीले मन्त्रीको गाडीले पैदय यात्रुलाई ठक्कर दिएको पुष्टि गरेकोमा मन्त्री साहले प्रहरीले भ्रम फैलाउने काम गरेको आरोप लगाए । यता, हरिवनकै स्थानिय बानिया हरिषले सिसिटिभी फुटेज सामाजिक सञ्जालमा राखेर मन्त्रीले झुठो बोलेको दाबी गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।
भिडियो साभार : बानिया हरिष

https://m.facebook.com/story.php?story_fbid=3616568165150555&id=100003922204936

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top