ताजा समाचार


आगामी जेठमा एसइई परीक्षा हुने, रजिष्ट्रेशन फाराम खुला

द रियल समाचार     २०७७ पुष १५, बुधबार, १६: ५८ मा प्रकाशित




काठमाण्डौ, पुष १५ गते ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वर्षको जेठ महिनामा हुने निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने जानकारी दिए । शैक्षिक सत्र खेर नजाने उद्देश्यका साथ बिदा कटौती गरेर कक्षा सञ्चालन गरिने र आगामी जेठसम्ममा परीक्षा लिइने उनले बताए ।
परीक्षामा सामेल हुनका लागि बिहीबारदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फाराम भरिसक्न परीक्षा बोर्डले विद्यार्थीलाई सूचित गरेको छ । फारामका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ ।
सम्बन्धित विद्यालयले आफ्ना बिद्यार्थीको नामथर, आमाबुवाको नाम र जन्म मिति ठीकसँग भरे नभरेको रुजु गरी माघ मसान्तभित्र बोर्डमा पठाउनुपर्ने हुन्छ । त्यस्तै खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि सोही मितिभित्र रजिष्ट्रेशन र आवेदन दुवै फाराम भर्नुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top