ताजा समाचार


सर्लाहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

द रियल समाचार     २०७८ श्रावण ६, बुधबार, १४: २० मा प्रकाशित




जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका वडा नम्बर–४ हरैयाका ३० वर्षीय भुरकर माझी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

मंगलबार राति करिब पौने ९ बजे पोखरीमा डुबेको माझीको शव जाल हानी खोजतलास गर्ने क्रममा बुधबार करिब साढे १० बजे शव फेला परेको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर मृत्यु भएका माझीको पहिला देखि नै मानसिक सन्तुलन ठिक नरहेको उनको आफन्तले प्रहरी समक्ष बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top