ताजा समाचार


जनमतको जित ईमान्दारिता र क्षेत्रवासी जनताको जित : किशोरी

द रियल समाचार     २०७९ कार्तिक २६, शनिबार, २०: २८ मा प्रकाशित




धनुषा निर्वाचन क्षेत्र नम्बर १को प्रतिनिधिसभाका उम्मेदवार किशोरी साह कमलले मतदाताहरुसंगको भेटघाटलाई तीव्रता दिएका छन् ।

निर्वाचनको मिति नजिकिएसंगै कमलले मतदाताको मूड आफ्नो पक्षमा पार्नका लागि भेटघाट तथा घरदैलोलाई तीव्र बनाएका हुन् ।
जनमत पार्टीबाट धनुषा १को प्रतिनिधिसभामा उम्मेदवारी दिएका कमलले आफ्नो पक्षमा मतदान गर्नका लागि अपिल गर्दै मतदाताको घर घर पुगरहेका हुन् । निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका कमलले आफ्नो कार्यकालमा थुप्रै विकास निर्माणदेखि सामाजिक परिवर्तनका कामहरु पनि गरेको दावी गर्दै एक पटक प्रतिनिधिसभामा अवसर दिन अपिल गरे । घरदैलो अभियानलाई तिव्रता दिएका कमल आफुले विकास र परिवर्तनका लागि थुप्रै योजनाहरु बनाएर काम गर्ने सोच बनाएको जानकारी दिए ।

यस अघि एमालेमा छँदा आफूले यस क्षेत्रमा काम गरेकै कारण फेरी अवसर मागेको र त्यहाँ टिकेट नदिएर आफ्नो राजनीतिक तथा सामाजिक लगानीको अपमान भएको गुनासो गरे । आफ्नो जीले यस क्षेत्रमा एमालेका लागि कडा जवाफ हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top