ताजा समाचार


धनुषा प्रहरीद्वारा अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन नियन्त्रणमा

द रियल समाचार     २०७९ भाद्र ३, शुक्रबार, १५: १८ मा प्रकाशित




धनुषा प्रहरीले अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी चिसापानी धनुषाबाट खटेको टोलीले विशेष सुचनाको अधारमा जिल्लाको गणेशमानचारनाथ नगरपालिका–५ कमला खोलाबाट ति सवारी साधनहरू नियन्त्रणमा लिएको हो ।

मापदण्ड विपरित अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गरिरहेको अवस्थामा ज.१ त. ८५०५, स.१ त. ७६३७, प्रदेश २–०२–००१ त. १५३६, प्रदेश २–०२–००३ त. ४४४१, प्रदेश २–०३–००१ त. १३५६ र प्रदेश २–०१–००१ त. ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाई जनही ५ हजारका दरले जम्मा ३० हजार रुपैया जरिवाना तिराएर छाडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top