ताजा समाचार


जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतको निधन, सेवाहरु स्थगित

द रियल समाचार     २०७९ श्रावण २५, बुधबार, १५: २४ मा प्रकाशित




जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएपछि  सेवाहरु स्थगन गरेको छ ।

साथै भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top