ताजा समाचार


मधेश प्रदेश सरकारविरुद्ध चर्को घाममा सडकमा उत्रेर बालबालिकाले गरे प्रदर्शन

द रियल समाचार     २०७९ श्रावण २२, आईतवार, १६: ३७ मा प्रकाशित




मधेश प्रदेश सरकारविरुद्ध सुकुम्वासीहरूका बालबालिकाहरुले सडकमा व्ले कार्ड बोकी प्रदर्शन गरेका छन् ।

विगत १९ दिनदेखि जनकपुरधाममा आन्दोलित रहेका सुकुम्वासीहरूले आईतबार आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै आफ्नो छोरा छोरीको भविष्यप्रति प्रदेश सरकारले कुनै वास्ता नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन । अबोध बालबालिकाहरुले दिउँसो चर्को घाममा प्ले कार्ड बोकेर प्रदेश सरकारबिरुद्ध विरोध जनाएका छन ।

बिरोध प्रदर्शनकै क्रममा शुक्रबार सुकुम्बासीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोट लगायतका महिलाले लगाउने सामग्रीहरु फ्यालेर प्रदेश सरकार बिरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने, सुकुम्बासीहरुलाई जग्गा प्रदान गर्नुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विगत लामो समय देखि प्रदर्शन गर्दै आएको छ । पछिलो समय आमरण अनसनमा बस्दा मधेश प्रदेश सरकारसँग भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै उनिहरुले पुनः आन्दोलन थालेका हुन ।

अभियान तथा सुकुम्वासीहरुले विगत १९ दिन देखिजनकपुरधामको जनक चोकमा रिले अनसन गरिरहदा पनि हालसम्म सरकारको तर्फबाट कुनै प्रतिकृया वा आश्वासन आएको छैन । अब पनि प्रदेश सरकार मौन रहे आफूहरु आमरन अनसनमा बस्ने अभियानका संयोजक सुनिल यादवले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top