ताजा समाचार


२४ घण्टामा थपिए ६ सय ३८ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

द रियल समाचार     २०७९ श्रावण १०, मंगलवार, १६: ०७ मा प्रकाशित




नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परिक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टीजेन परिक्षणका क्रममा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ८ सय २ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ७ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top