ताजा समाचार


लगातार कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टामा थपिए २ सय ६ जना संक्रमित

द रियल समाचार     २०७९ असार २९, बुधबार, १७: ५५ मा प्रकाशित




नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र १ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय १० जना निको भएका छन् । हाल नेपालमा १ हजार ५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top