ताजा समाचार


जनकपुरधामका उपमेयरकै घर डुबानमा

द रियल समाचार     २०७९ असार १४, मंगलवार, १७: १२ मा प्रकाशित




मंगलबार बिहानैदेखिको बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ ।

बर्षाको पानी निकासको व्यवस्था नहुँदा उनको घर डुबानमा परेको हो । उपमहानगरपालिका वडा नम्बर १० स्थित साहको घरमा मंगलबार विहान पानी पसेको हो ।

साहका अनुसार उनको घर वरपरका अरु २० घरमा पनि पानी पसेको छ । उनले चेम्बर निर्माण गरेर पानीको निकास दिनका लागि आफूले काम गर्ने बताए । मंगलबार बिहानदेखिको निरन्तर बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित मधेश प्रदेशका धेरै ठाउँमा पानी जमेर डुबान भएको छ ।

मौसम विभागले थप २ दिन पानि पर्ने अनुमान गरेको छ । पानिले गर्दा किसान हर्सित भएका छन तर बजार क्षेत्रमा व्यापार घटेको व्यापारीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top