ताजा समाचार


सिमकार्ड विक्रिवितरणमा कडाई, वास्तविक विवरणको आधारमा सिमकार्ड दिन निर्देशन

द रियल समाचार     २०७८ चैत्र २६, शनिबार, १०: ०४ मा प्रकाशित




नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो ।

साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प्राधिकरणले सूचनाविपरित सिमकार्ड तथा रिमकार्ड बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top