ताजा समाचार


धनुषामा युवकमाथि गोली प्रहार, युवक घाईते

द रियल समाचार     २०७८ फाल्गुन २२, आईतवार, १०: ४५ मा प्रकाशित




धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५/६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिए ।गोली प्रहार गर्नेको खोजी भइरहेको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top