ताजा समाचार


नेपाली कांग्रेस बाराको मतदान रद्द

द रियल समाचार     २०७८ फाल्गुन २२, आईतवार, ०९: ३५ मा प्रकाशित




मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ ।

नेतृत्व चयनका लागि शनिबार भएको मतदान पनि रद्द गरिएको छ ।

नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top