ताजा समाचार


थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ फाल्गुन २१, शनिबार, १७: १६ मा प्रकाशित




नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परिक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ९ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top