महोत्तरीको मटिहानी नगरपालिकाले आईतबार (भोली ) पालिकाभरि सार्वजनिक बिदाको घोषणा गरेको छ ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेको छ ।
धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् । आइतबार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ ९पर्वत्ता०, धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।
प्रतिक्रिया