पछिल्लो २४ घण्टामा देशभर १०५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
चार हजार ९२४ वटा नमुनामा परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो । आज ३२० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ पुगेको छ ।आज तीन जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया