ताजा समाचार


मिथिला मध्यमा परिक्रमा आज देखि प्रारम्भ

द रियल समाचार     २०७८ फाल्गुन १९, बिहीबार, ०८: ०१ मा प्रकाशित




आज देखि मिथिलाको महाकुम्भ मानिने माध्यमिकी परिक्रमा सुरु हुने भएको छ । आजबाट धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु हुनेछ । परापूर्वकालदेखि चलिआएको मधेशको धार्मिक पदयात्रामा लाखौँको सँख्यामा दर्शनार्थी श्रद्धालुहरु सहभागी हुन्छन् ।

धनुषाको हुनमानगढीमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु शुक्रबार बिहान पूजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमानगढी पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेको छ ।

श्रद्धालु भक्तजनहरुले नेपाली भू भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ । नेपालभारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छ ।

सोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ । कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ ।

त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् । परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top