ताजा समाचार


जसपाको विधान अधिवेशन असार १ र २ गते हुने

द रियल समाचार     २०७८ फाल्गुन १८, बुधबार, १५: ३१ मा प्रकाशित




जनता समाजवादी पार्टी जसपाको विधान अधिवेशन असार १ र २ गते हुने भएको छ ।

फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्‍ने निर्णयसमेत गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top