नेकपा एमालेको जनकपुरधाम नगरकमिटि अध्यक्षमा जनकपुरधामका युवा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । भण्डारीको नेतृत्वमा नेकपा एमालेको ८५ सदस्यीय जनकपुरधाम उपमहानगरपालिकाको नगरकमिटी गठन भएको छ ।
मंगलवार एक समरोहबीच कमिटिको उपाध्यक्षमा संन्तोष कुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रुका मिश्रा र दिपनारायण कुमार साह निर्वाचित भएका हुन । पोलिटब्युरो सदस्य नेतृ जुली महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, वरिष्ठ नेता गंगाराम यादव सहितको उपस्थितीका बिच गठित कमिटि पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका हुन ।
प्रतिक्रिया