ताजा समाचार


स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस

द रियल समाचार     २०७८ फाल्गुन १७, मंगलवार, १३: ४२ मा प्रकाशित




न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । सो निर्वाचनमा खटाउने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली परिषद्ले सोमबार सिफारिस गरेको हो । यसैको आधारमा निर्वाचन आयोगले सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवहरुलाई आवश्यकता अनुसार निर्वाचन अधिकृतका रुपमा स्थानीय तहमा खटाउनेछ । कुनै जिल्लामा सोही जिल्लामा कामकाज गरिरहेका न्यायाधीश काममा खटिन नसक्ने भएकाले केही स्थानका लागि उच्च अदालतका न्यायाधीशलाई पनि मुख्य निर्वाचन अधिकृत तोकिएको न्याय परिषद्ले जनाएको छ ।

यद्यपि कुन कुन जिल्लामा उच्च अदालतका न्यायाधीशलाई खटाइएको हो, परिषद्ले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top