जनकपुरधाम,फागुन ५ गते ।
नेपाल लाइफ इन्सोरेन्स कम्पनीद्धारा मृत्तक परिवारलाई रकम हस्तान्तरण गरेको छ ।
नेपाल लाइफ इन्सोरेन्समा बिमा गराएका विजयकुमार महतोको परिवारलाई मृत्यु दावीको रकम हस्तान्तरण गरिएको छ । महतोको सवारी दुर्घटनमा असामयिक निधन भएप्छि सो रकम नेपाल लाइफ इन्सोरेन्स विरेन्द्र बजार शाखाले उनको श्रीमती रंजिता कुमारीलाई घरमै पुगेर सो रकम हस्तान्तरण गरेको हो ।
महतोको श्रीमतीलाई नेपाल लाइफ इन्सोरेन्स वीरेन्द्र बजार शाखाका प्रमुख राजन बहादुर श्रेष्ठले २१ लाख २५ हजारको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बरिष्ठ एजेन्सी मेनेजर धनेश्वर महतो, एजेन्सी मेनेजर प्रकाश हमाल, एजेन्सी मेनेजर पशुपति साह, राघवेन्द्र प्रसाद सिंह र व्यापारी इकवाल राइनको उपस्थिति थियो ।
विजय महतोले २०७६ भदौ २६ गते नेपाल लाइफ इन्सोरेन्सको वीरेन्द्र बजार शाखामा १० लाखको विमा गराएका थिए ।
प्रतिक्रिया